छ पत्रकार सम्मानित, दुई पुरस्कृत

  • प्रकाशित मितिः माघ २५, २०७७
  • 1019 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ २५– नेपाल पत्रकार महासंघ खोटाङको नवौं साधारणसभा सम्पन्न भएको छ । माघ २५ गते जिल्ला समन्वय समितिको हलमा नवौं साधारणसभा सम्पन्न भएको हो ।
साधरण सभाले असंवैधानिक कदमप्रति खेद प्रस्ताव पारित गरेको छ । पत्रकार महासंघको पक्की भवन निर्माण, विकास पत्रकारिता पुरस्कार लगायतका प्रस्ताव पारित गरेको छ । साधारणसभाको अवसरमा ६ जना अग्रज पत्रकारहरु सम्मानित भएका छन् । कृष्ण आचार्य, उजुर राई, डम्बरसिं राई, भीम राई, दिलीप खत्री, र बद्री भिखारी सम्मानित भएका हुन् । त्यस्तै महासंघको भवन निर्माणका लागि निःशुल्क जग्गा दिने समाजसेवी तथा कृषि विज्ञ मदन राई पनि सम्मानित भएका छन् । साधरणसभाकै अवसरमा पत्रकारहरु कृष्णकला राई र सन्तोष पौडेल पुरस्कृत भएका छन् । नगद २५ सय रुपैया“ सहित प्रमाणपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो ।

2 1
कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य गोपाल बराईली, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, महासचिव विवेक गौतम, पा“चथर अध्यक्ष लवदेव ढुङ्गाना, उदयपुर अध्यक्ष भरत खड्का, पत्रकार रेणु पराजुली, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, नेकपा अध्यक्ष पृथ्वी किराती, कांग्रेसका सुमनबाबु आचार्य, नेकपा ओली समूहका चर्च विश्वकर्मा, राप्रपा खोटाङका अध्यक्ष जीवन श्रेष्ठ, गैरसरकारी संस्था महासंघका अध्यक्ष दानबहादुर राई, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीन राई, जिल्लास्थित पत्रकारहरु कृष्ण आचार्य, डम्बरसिं राई, भीम राई लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित