जनता समाजवादीले प्रधानमन्त्रीको पुत्ला दहन ग¥यो

  • प्रकाशित मितिः माघ २५, २०७७
  • 761 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २५–जनता समाजवादी पार्टीले खोटाङमा प्रधानन्त्रीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्रीको कदम विरुद्ध जनता समाजवादी पार्टी खोटाङले दिक्तेलको बेसक्याम्पमा माघ २५ गते प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले आफूहरु आन्दोलित हुनु परेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवराज राईले बताए । असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने राईले बताए । पुत्ला दहनमा जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंक थापा लगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित