सविना अछामे–
खोटाङ, माघ २३–खोटेहाङ गाउ“पालिकाले वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई लक्षित गरेर कृषि अनुदान कार्यक्रम संचालन गरेको छ । विदेशबाट फर्किएका युवाहरुलाई कृषि व्यवसाय सञ्चालन गर्न कृषि अनुदान कार्यक्रम सञ्चालन गरेको हो ।
गाउ“पालिका अध्यक्ष प्रदीप राईका अनुसार चालु आर्थिक वर्षमा २०७७÷०७८ को स्वीकृत कार्यक्रम अनुसार उक्त कृषि अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषि अनुदान उपलव्ध गराउ“न आगामी फागुन ३ गतेभित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको छ । गाउ“पालिकाले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै गाउ“मा कृषि फर्म गर्न इच्छुक नौ जना युवालाई ५० प्रतिशत अनुदान उपलव्ध गराउने तयारी गरेको गाउ“पालिकाले जनाएको छ ।
गाउ“पालिकाले आधुनिक कृषि यन्त्र उपकरण खरिदमा एक लाख, टनेल वा ग्रीनहाउस निर्माणमा एक लाख, पशुपंक्षी पालनका लागि गोठ÷खोर निर्माण गर्न एक लाख, प्लाष्टिक पोखरीका लागि ५० हजार, माछा पोखरी निर्माणका लागि एक लाख, बीउ, बिरुवा र मल खरिदका लागि २० हजार अनुदान उपलव्ध गराउने जनाएको छ ।
त्यसैगरी उन्नत जातको पशुपंक्षीको पाठापाठी खरिदका लागि एक लाख, आधुनिक महुरी घार खरिदका लागि एक लाख र सङ्कलन तथा केन्द्र चिस्यान केन्द्र निर्माणका लागि दुई लाख अनुदान उपलव्ध गराउ“ने सूचनामा उल्लेख छ । कृषि अनुदानका लागि कृषक कृषि फर्म तथा उद्यमीलाई प्रस्ताव पेश गर्न आव्हान गरिएको अध्यक्ष राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ वैशाख ८–कारोनाविरुद्घको पह... ... ...
सविना अछामे–खोटाङ, वैशाख ८–खोटेहाङ गाउ“पालि... ... ...
सविना अछामे–खोटाङ, वैशाख ८–दिपु्रङ चुइचुम्मा ... ... ...
सविना अछामे–खोटाङ, वैशाख ७–खोटेहाङ गाउ“पालि... ... ...
सविना अछामे–खोटाङ वैशाख ७–कर्मचारीको निधनमा ... ... ...
Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित