बराहापोखरीमा वडै पिच्छे सडक

  • प्रकाशित मितिः माघ २३, २०७७
  • 925 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ २३–बराहपोखरी गाउ“पालिकाको सबै वडामा सडक पुगेको छ । उक्त पालिकाको ६ वटै वडामा सडक पुगेको हो ।
उक्त पालिकाले सडकलाई प्राथमिकतामा राखेर सडक विस्तार गरेको हो । सडक सञ्चालनपछि सबै वडाका सर्वसाधारणलाई सहज भएको गाउ“पालिका अध्यक्ष शालिकग्राम बन्जराले बताए । सडक पुगेपछि स्थानीय खुसी छन् । सडक विस्तारले यात्रा गर्नदेखि उपभोग्य सामाग्री ओसार पसार गर्न सहज भएको बराहपोखरी गाउ“पालिका–५ पौवासेराका स्थानीय छत्रबहादुर राउत बताउ“छन् ।
उक्त पालिकाको पा“च वटा वडाको सडक निर्माणका लागि डिपिआर निर्माण भइरहेको छ । गाउ“पालिकाको कार्यालयबाट वडा कार्यालय बोयाटार (पौवासेरा), सिन्ताङ–वडा कार्यालय मौवाबोटे, घोरिङ्खा–वडा कार्यालय साउनेचौंर, घोरिङ्खा–वडा कार्यालय फाक्टाङ र खोटेहाङ गाउ“पालिका जोड्ने धाप्लाङघाट–बराहपोखरी–ठूलीबेसी सडकको डिपिआर निर्माण सुरु गरिएको अध्यक्ष बन्जराले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित