संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्तिको विरुद्ध खोटाङ बन्द

  • प्रकाशित मितिः माघ २२, २०७७
  • 1428 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २२–सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्ति गरेको विरुद्ध दाहाल–नेपाल पक्षधरले माघ २२ गते खोटाङ बन्द गरेका छन् । यातायात, शैक्षिक संस्थाहरु, ब्यापार व्यवसाय लगायतको बन्द गरेका हुन् ।

2
आन्दोलनकारीले विहानैदेखि दिक्तेल बजार बन्द गराएका छन् । बन्दकर्ताहरु भवनगैरा–हाटडाडा“ हुदै किरातचौक पुगेर दिनभर बसेका थिए । नेपाल कम्युनिष्ट पार्टी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, जिल्ला अध्यक्ष पृथ्वी किराती, कार्यालय सदस्य जलशेर राई, सचिवालय सदस्यहरु भागवत घिमिरे, विनोद आचार्य, निसाना राई, मनिषा राई, जिल्ला कमिटी सदस्यहरु राजन आचार्य, संगीता राई, जिल्ला कमिटी सदस्य तथा युवा इन्चार्य राजुविक्रम राई, शरद राई, मिलन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरअध्यक्ष विसन राई, युगसन राई, प्रभात राई लगायतका युवाहरु सहभागी थिए ।

4

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित