सविना अछामे–
खोटाङ, माघ २१–रावाबेसी गाउ“पालिका–४ डुम्रेधारापानीमा आगोमा जलेर सात वर्षीय जेसन मगरको ज्यान गएको छ । भत्किएको घरमा माच बनाएर राखिएको खर र परालमा आगो लाग्दा मगरको मृत्यु भएको हो ।
माघ २० गते साथीहरुस“ग खेल्न गएका मगर खर र परालको माचमा आगो लाग्दा बालकको मृत्यु भएको रावाबेसी गाउ“पालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए । जेसनसंगै खेल्न गएका दुई बालक भने भागेर ज्यान बचाएका छन् । आगो सुरु भएपछि जेसन लुक्न खोज्दा आगोमा परेको स्थानीयको अनुमान छ । उनी बाल विकास केन्द्र सिम्लेमा अध्ययनरत थिए । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाइएको गाउ“पालिका अध्यक्ष निरौलाले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित