प्रधानमन्त्री ओलीको कदम विरुद्ध कांग्रेस भातृ संगठनहरुको विरोध प्रदर्शन

  • प्रकाशित मितिः माघ २०, २०७७
  • 1210 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ २०–संसद विघटनको विरोधमा नेपाली कांगे्रसको विभिन्न भातृ संगठनहरुले दिक्तेलमा मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेकोप्रति कांग्रेस भातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल किसान संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल दलित संघ, लगायतका भातृ संगठनले १९ गते दिक्तेलमा मोटरसाइकल ¥याली प्रदर्शन गरेको हो ।
संसद विघटन विरुद्घ कांगे्रसको देशव्यापी कार्यक्रम अन्तरगत उसका भातृ संगठनहरुले विरोध प्रदर्शन स्वरुप मोटरसाइकल ¥याली प्रदर्शन गरेको हो । दिक्तेलको अल्छेढुङ्गाबाट सुरु ¥याली किरातचोक, रत्नपार्क, सङ्गमटोल, बेस्क्याम्प, त्रिवेणीचोक हु“दै भानुचोक परिक्रममा गरेर फेरि त्रिवेणीचौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाल तरुण दलका जिल्ला अध्यक्ष भीषण राई, नेपाल महिला संघकी अध्यक्ष रामकुमारी राई, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार बस्नेत, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष नइन्द्र राई, नेपाल राष्ट्रिय मगर संघका प्रतिनिधि लालबहादुर मगर लगायतले संबोधन गरेका थिए । उनीहरुले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीको विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित