सविना अछामे–
खोटाङ, माघ २०– खोटाङ समाज हङकङले स्थापना गरेको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नि पीडित परिवारलाई राहत प्रदान गरेको छ । गत माघ १४ गते भएको आगलागीबाट विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका निर्भराज राईलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले राहत स्वरुप १० हजार नगद प्रदान गरेको छ ।
अग्नि पीडित परिवारलाई धितुङका वडाध्यक्ष पृथीराज राईमार्फत राहत रकम हस्तान्तरण गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए । आगलागीबाट विस्थापित भएका राई परिवारलाई सहज जीवनयापनका लागि कोषले राहत प्रदान गरको जनाएको छ । प्राकृतिक विपत्तिमा परेका जिल्लाबासीको सहयोगार्थ हङकङमा रहेका खोटाङगेको अगुवाइमा २०७२ सालमा कोष स्थापना गरिएको हो । २० लाखबाट सुरु गरिएको कोषको मुलधन यो वर्षदेखि २८ लाख पुगेको छ । कोषको वार्षिक रुपमा आउने ब्याजबाट जिल्लाका विपत्तिमा परेका नागरिकलाई राहत प्रदान गर्ने गरिएको कोषाध्यक्ष किरातले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित