सगरमाथा लोकमार्ग निर्माण ढिलासुस्ती बारे दिप्रुङ चुइचुम्माको चासो

  • प्रकाशित मितिः माघ १९, २०७७
  • 1076 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ १८–सगरमाथा लोकमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम ढिलासुस्तीको विषयमा दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले चासो देखाएको छ । फोक्सिङटार–राजापानी सिमपानी भञ्ज्याङ (२७ किलमिटर खण्डको काम ढिलासुस्ती भएको विषयमा चासो लिएको हो ।
दिप्रुङ चुइचुम्मा गाउ“पालिकाका अध्यक्ष भूपेन्द्र राईका अनुसार गाइघाट–दिक्तेल सडक अन्तरगत महुरे–फोक्सिङटार–राजापानी सिमपानी भञ्ज्याङ कालोपत्रको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले लिएको हो । उक्त सडक अहिलेसम्म करिब ६० प्रतिशत मात्र भौतिक प्रगति भएको अध्यक्ष राईले बताए । देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले ५५ करोड ८७ लाखमा २०७७ साल साउन ११ गते कालोपत्रेको सम्झौता गरेको थियो । काममा चरम ढिलासुस्ती भएको भन्दै गाउ“पालिका अध्यक्ष राईले निर्माण कम्पनीका प्रतिनिधि कमल सुव्वा, विजय चाम्लिङ लगायतलाई माघ १७ गते फिल्डमै भेटेर कालोपत्रेको काम चा“डो पूरा गर्न आग्रह गरेका छन् ।
महुरे–फोक्सिङटार सडक खण्ड अन्तगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन÷सिद्घी शाही जेभीले गरिरहेको छ । भारत कन्ट्रक्सन÷ सिद्घी शाहीले २०७७ साल असार ३० गते महुरे राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित