प्रअ विरुद्ध अदालतमा मुद्दा दायर

  • प्रकाशित मितिः भदौ २५, २०७५
  • 1722 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, भदौ २५–दिक्तेलको पोखरीस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रोशन ढकाल विरुद्ध जिल्ला अदालत खोटाङमा जातीय छुवाछुतसम्वन्धी मुद्दा परेको छ । दलित भएकै कारण बृन्दा विश्कर्मालाई कार्यालय सहयोगी पदबाट बर्खास्त गरेको भन्दै विभिन्न ठाउ“मा उजुरी परे पनि अदालतमा भने जातीय छुवाछुतसम्वन्धी मुद्दा परेको हो । 
आफू दलित भएकै कारण विद्यालयबाट निकालिएको भन्दै विश्कर्माले न्यायका लागि याचना गरेकी थिइन् । आफूलाई दलित भएकैले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ पोखरीस्थित सरस्वती आधारभूत निमाविमा कार्यालय सहयोगी पदबाट निकालिएको भन्दै न्यायका लागि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोगसम्म गुहार मागेकी थिइन् ।
विश्कर्माका अनुसार कार्यालय सहयोगीबाट शिक्षक पदमा जागिर दिने भन्दै प्रअ रोशन ढकालले राजिनामा दिन लगाएको बताइन् । यसै विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र बजिमयले समेत शिक्षकमा जागिर खानु भनेपछि आफूले राजिनामा दिएकी विश्वकर्माले बताइन् । ‘हेडसरले साउन १ गतेदेखि शिक्षक बनाउने आशा देखाएर राजिनामा दिन लगाउनु भयो ।’ विश्वकर्माले भनिन्–‘हेडसरले नै राजिनामा पत्रको ढाचा दिनु भयो, त्यसै अनुसार सारेर राजिनामा दिए“ ।’ उनले थपिन्–‘तर शिक्षकको जागिरका लागि होइन रहेछ, दलित भएकैले षड्यन्त्र गरेर निकालिएको रहेछ ।’
दलित भएकैले निकालिएको भन्ने के आधार छ ? भन्ने प्रश्नमा विश्वकर्माले भनिन्–‘रोशन सर र ललितकुमार बस्नेत सरले मैले पकाएको चिया खानु हुन्न थियो ।’ उनले भनिन्–‘दलित भएकैले चिया नखानु भएको हो, खानु भएन भन्नेमा मेरो गुनासो होइन तर शिक्षक बनाउ“ने भनेर राजिना दिन लगाउ“नु चाहि“ ठूलो गल्ती हो, यस्तो व्यक्तिलाई कारबाही हुनु पर्छ ।’ 
विश्वकर्माका अनुसार २०७५ जेठ ३१ गतेदेखि लागू हुने गरी प्रअ ढकालले लेखिदिएको ढाचाका आधारमा राजिनामा दिएकी हुन् । असार १ गतेदेखि विद्यालय विदा हुने र जेठ ३१ गतेदेखि नै लागू हुने गरी षड्यन्त्रपूर्वक राजिनामा दिन लगाइएको विश्वकर्माले सुनाइन् । दिन प्रअ ढकाल र अध्यक्ष बजिमयले भने दलित भएकैले नभई कार्यसम्पादनमा चित्त नबुझेकाले त्यसो गरिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित