हलेसीमा पद्मसम्भवको प्रतिमा राख्ने तयारी

  • प्रकाशित मितिः माघ १९, २०७७
  • 884 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ १९– खोटाङको त्रिधार्मिकस्थल हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा राख्ने तयारी गरिएको छ । धार्मिक पर्यटन प्रबद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा नगरपालिका र नेपाल बौद्घ महासंघको सहकार्यमा आचार्य गुरु पद्मसम्भवको अग्लो प्रतिमा राख्ने तयारी गरिएको हो ।
पद्मसम्भव पार्कमा पद्मसम्भवको प्रतिमा राख्नका लागि माघ १८ नगरपालिकाका प्रमुख इवन राई, बौद्घ महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पा बीचमा १९ बु“दे सम्झौता भएको छ । ध्वजापात क्षेत्र, स्वागतद्वार, ध्यान केन्द्र, शान्ति पदयात्रा, विश्राम गृह, बगैंचा, मञ्जुश्री क्षेत्रभन्दामाथि डाडा“मा गुम्बा, सरोवर निर्माण लगायतका संरचना निर्माण गरिने संझौता गरिएको छ । बढिमा ५ वर्षभित्र पद्सम्भवको मुर्ति राख्ने गरी सम्झौता गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख राईले बताए ।
सम्झौता भएको ७ महिनाभित्र मञ्जुश्री क्षेत्रको १०३ रोपनी जग्गामध्ये ३ रोपनी ७ आना १ दाम जग्गामा दोश्रो पक्ष (नेपाल बौद्घ महासंघ)ले पद्मसम्भवको प्रतिमा स्थापनाको काम गर्ने सम्झौता भएको छ । हलेसी बृहत्तर गुरुयोजना अनुसार पद्मसम्भव पार्कमा करिब ५ करोडको खर्चमा पद्मसम्भवकोे प्रतिमा राख्ने काम पूरा गरिने नेपाल बौद्घ महासंघले जनाएको छ ।
पद्मसम्भवको प्रतिमा स्थापनाका लागि नगरपालिकाले स्थान उपलव्ध गराउने र ५ महिनाभित्र प्रतिमा राख्ने स्थानसम्म सडक र विद्युत व्यव्स्थापन गर्ने सम्झौतामा उल्लेख छ । यस्तै हलेसी बृहत्तर गुरुयोजनाले तयार पारेको अवधारणा अनुसार सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित