दिप्रुङ चुइचुम्मामा बसले किचेर बृद्धाको ज्यान गयो

  • प्रकाशित मितिः माघ १९, २०७७
  • 709 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १९–बसले किचेर एक बृद्धाको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिका–३ छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी मगरको ज्यान गएको हो ।
दिप्रुङ चुइचुम्मा गाउ“पालिका–३ पञ्चमी बजारबाट गाइघाट जाने बसले माघ १९ गते विहान किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । गाइघाट जाने ना ५ ख ९०२२ बसले स्थानीय रोबलुङ भन्ने ठाउ“मा किचेर ज्यान गएको प्रहरी नायव उपरीक्ष्ँक नारायणप्रसाद चिमरीयाले बताए । नाति–नातिनीलाई बसमा चढाउ“ने क्रममा बसले किचेको गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले बताए । कसरी बसले किच्यो भन्ने विषय छानविनपछि पत्तो लाग्ने अध्यक्ष राईले सुनाए । शव पोष्टमार्टमका लागि दिक्तेल अस्पताल ल्याउने तयारी भइरहेको डिएस्पी चिमरीयाले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित