नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १६–खोटेहाङ गाउ“पालिका–७ खोटाङ बजारकी १०१ वर्षीया हिमादेवी अधिकारीको जलेर ज्यान गएको छ । गाइवस्तुलाई खोले पकाउन बालेको आगो ताप्ने क्रममा माघ १६ गते ज्यान गएको हो ।
लुगाबाट सल्किएको आगोले बिहान घाइते भएकी अधिकारी केही समयपछि मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए । उनी गाउँपालिकाभरिकै ज्येष्ठ नागरिक हुन् । बृद्धाको आफन्त नभएपछि स्थानीय रामप्रसाद पौडेलको घरमा बस्दै आएकी थिइन् ।
बृद्धाबस्थाकी अधिकारी शारीरिक रुपमा असक्तता भएकाले शरीरमा आगो लागेको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । लुगा डढेको गन्धका आधारमा आफन्तले उनलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए । शरीरका अधिकांश भागमा आगोले जलेको थियो । स्थानीय स्वास्थ्यकर्मीले उपचार गर्ने क्रममा उनको मृत्यु भएको डिएस्पी चिमोरियाले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित