नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १६–जिल्लाका थप ६३ जनाले कोभिड १९ विरुद्धको खोप लिएका छन् । माघ १६ गते यत्तिकाले खोप लिएका हुन् ।
माघ १५ गते ७५ जनाले खोप लिएका थिए । दुई दिनमा एक सय ३८ जनाले खोप लिएका हुन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सरसरफाइमा संलग्न कर्मचारीलाई बिहीबार र सुक्रबार गरी यत्तिकाले खोप दिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देललाई पहिलो खोप लगाएर सुरु गरिएको थियो । कोभिड–१९ विरुद्घको खोप आगामी माघ १९ गतेसम्म जारी रहने स्वास्स्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देलले बताए । पहिलो दिन ३१ महिला ४४ पुरुषलाई खोप दिइएको छ । खोप लगाइएका स्वास्थ्यकर्मी, कर्मचारी कसैलाई पनि साइड इफेक्ट नदेखिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।
स्वास्थ्यकर्मीका अनुसार कोभिडको संक्रमणबाट बच्न पहिलो खोप लगाएका व्यक्तिले पुःन २८ दिनपछि अर्को खोपको डोज लगाउनु पर्ने छ । कोभिड विरुद्घको खोप जिल्ला अस्पताल दिक्तेलबाट लगाउने व्यवस्था मिलाइएको छ ।
कोभिड–१९ को संक्रमण दर र मृत्यु दरमा कमी ल्याउने उद्देश्यले पहिलो चरणमा पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालका तथा सरसरफाइृमा संलग्न कर्मचारी गरी एक हजार छ सय १८ जनालाई कोभिड विरुद्घको खोप दिने तयारी गरिएको छ । कोभिड विरुद्घको खोप लगाउ“न जिल्लामा तीन सय ५६ भायल भ्याक्सिल आएको छ । यो भनेको तीन हजार पा“च सय ६० डोज औषधि हो । यसले एक हजार सात सय ८० जनालाई खोप दिन पुग्ने सिग्देलले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–छुरा प्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–स्थानी�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १–छुरा प्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–नेकपा एम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–शिक्षक स�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित