पहिलो दिन ७५ जनालाई कोरोना विरुद्धको खोप

  • प्रकाशित मितिः माघ १६, २०७७
  • 675 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ १६–कोभिड १९ विरुद्धको खोपको पहिलो दिन ७५ जनालाई दिइएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सरसरफाइमा संलग्न कर्मचारीलाई माघ १५ गते खोप दिइएको हो ।
स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देललाई पहिलो खोप लगाएर सुरु गरिएको थियो । कोभिड–१९ विरुद्घको खोप आगामी माघ १९ गतेसम्म जारी रहने स्वास्स्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देलले बताए । पहिलो दिन ३१ महिला ४४ पुरुषलाई खोप दिइएको छ । खोप लगाइएका स्वास्थ्यकर्मी, कर्मचारी कसैलाई पनि साइड इफेक्ट नदेखिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।
स्वास्थ्यकर्मीका अनुसार कोभिडको संक्रमणबाट बच्न पहिलो खोप लगाएका व्यक्तिले पुःन २८ दिनपछि अर्को खोपको डोज लगाउनु पर्ने छ । कोभिड विरुद्घको खोप जिल्ला अस्पताल दिक्तेलबाट लगाउने व्यवस्था मिलाइएको छ ।
कोभिड–१९ को संक्रमण दर र मृत्यु दरमा कमी ल्याउने उद्देश्यले पहिलो चरणमा पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालका तथा सरसरफाइृमा संलग्न कर्मचारी गरी एक हजार छ सय १८ जनालाई कोभिड विरुद्घको खोप दिने तयारी गरिएको छ ।
कोभिड विरुद्घको खोप लगाउ“न जिल्लामा तीन सय ५६ भायल भ्याक्सिल आएको छ । यो भनेको तीन हजार पा“च सय ६० डोज औषधि हो । यसले एक हजार सात सय ८० जनालाई खोप दिन पुग्ने सिग्देलले बताए । जिल्ला समन्वय समितिका प्रमुख एबम् जिल्ला अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, सुरक्षा निकायमा प्रमुख लगायतको उपस्थितिमा कोभिड विरुद्घको खोप दिन सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित