तुवाचुङ–जायजुममा रैछाकुलेको प्रतिमा स्तम्भ भत्किपछि तथ्य पत्ता लगाउ“न छानविन समिति गठन

  • प्रकाशित मितिः माघ १५, २०७७
  • 1451 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ माघ १५–किरात ऐतिहासिक थलो तुवाचुङ–जायाजुममा राखिएको किराती पुर्खा रैछाकुलेको प्रतिमाको स्तम्भ भत्किएको छ । गुणस्तरहीन वा कसैले भत्काएको भन्ने विषयमा एकीन भने हुन सकेको छैन ।

tuwa
गुणस्तरहीन वा कसैले नियतबस भत्काएको भन्ने विषयलाई लिएर किरात राई यायोक्खाले माघ १४ गते छानविन समिति गठन गरेको छ । यायोक्खा केन्द्रीय समिति सदस्य युवराज राईको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको हो । उक्त समितिले १५ दिनभित्र छानविन गरी यायोक्खालाई प्रतिवेदन बुझाउने किरात राई यायोक्खा केन्द्रीय महासचिव जनक राईले विज्ञप्ती मार्फत जनाएका छन् ।

tuwaa
प्रतिमाको स्तम्भ तोडफोड भएको गुनासोपछि हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई, हलेसीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश खरेल, तुवाचुङ जायजुम संरक्षण समितिका अध्यक्ष राकेश राई, महासचिव दिनेश राई लगायतको टोलीले माघ १४ गते अनुगमन गरेको छ । अनुगमनको क्रममा रैछाकुलेको प्रतिमाको स्तम्भको दक्षिणतर्फ भत्किएको पाइएको नगरप्रमुख राईले सुनाए । तुवाचुङ–जायजुम क्षेत्रको लोकेसन साइनबोर्डहरु पनि फालिएको अवस्थामा फेला परेको नगरप्रमुख राईले सुनाए ।

tuwaaa
यद्यपि साइनबोर्ड राखिएको बा“स मक्किएकाले पनि त्यस्तो भएको अनुमान गरिएको छ । स्थानीय दर्शन किरातीले भने प्रतिमाको स्तम्भ गुणस्तरहीन भएका कारण भत्किएको बताएका छन् । साइनबोर्ड राखिएको बा“स मक्किएकाले अलपत्र अवस्थामा पुगेको राईको भनाई छ । तुवाचुङ–जायजुमको संरचना निर्माणमा गुणस्तरहीन काम भएको र फेरि रकम असुल्न प्रपन्च गरिएको समेत किरातीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित