सविना अछामे–
खोटाङ, माघ १३–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधर नेताहरुले पत्रकारहरुसमक्ष जनताको पक्षमा कलम चलाउन आग्रह गरेका छन् । माघ १३ गते छलफल कार्यक्रम आयोजना गरी जनताको सुसूचित हुने अधिकारप्रति गम्भिर भएर काम गर्न आग्रह गरेका हुन् ।
केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य रामकुमार राईले जनतालाई सही सूचना प्रवाह गर्न पत्रकारहरु सधै अब्बल हुनु पर्ने धारणा राखेका छन् । वर्तमान अवस्थामा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर प्रतिगामी कदम चालेकाले यसप्रति पनि पत्रकारहरुले जनतालाई सुसूचित गर्नु पर्ने धारणा राखे । ‘प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर प्रतिगामी कदम चाल्नु भएको छ ।’ राईले भने–‘यो अवस्थामा सही सूचना जनतामा जानु पर्छ ।’ राईले थपे–‘जसले कमजोरी गरेको छ उसको बारेमा समाचार आउनु पर्छ ।’
जिल्ला कार्यालय सदस्य जलशेर राईले केपी ओलीको प्रतिगमन विरुद्ध अभियान सञ्चालन गरिरहेको बताए । जबसम्म प्रतिगमन सच्चिदैन तबसम्म अभियान जारी रहने छ । जिल्लामा दाहाल–नेपाल पक्षधर नेपाल कम्युनिष्ट पार्टी बहुमतमा रहेको र यही पार्टीले जनताको विश्वास जित्ने र नेतृत्व गर्ने राईले बताए । निर्वाचन आयोगले गरेको निर्णयले समेत दाहाल–नेपाल पक्षधरलाई संस्थापन पक्ष देखाएको पनि राईले बताए । केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले कार्यक्रमबारे प्रकाश पारेकी थिइन् । कार्यक्रममा नेकपाका नेताहरु भागवत घिमिरे, दीपक पाण्डे आकाश लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित