भूकम्प पीडितहरुद्वारा अनुदान नपाएको गुनासो

  • प्रकाशित मितिः माघ १३, २०७७
  • 826 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ १३–जिल्लाका वास्तविक भूकम्प पीडित निजी आवास अनुदानबाट बञ्चित भएको लाभग्राहीहरुले गुनासो गरेका छन् । भूकम्पीय आवास पुःननिर्माणको काम अन्तिम चरणमा पुग्दा समेत अनुदानबाट बन्चित हुनु परेको गुनासो गरेका हुन् ।
निजी आवास सहित पुःननिर्माणका चालुकार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्वन्धमा राष्ट्रिय पुःननिर्माण प्राधिकरणले सोमबार दिक्तेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित स्थानीय तहका प्रमुख तथा उपप्रमुख अझैपनि वास्तविक भूकम्प पीडितलाई आवास पुःननिर्माणले छुन नसकेको भन्दै पुःननिर्माण प्राधिकरणको आलोचना गरेका छन् ।
कार्यक्रममा दिपु्रङ चुइचुम्मा गाउ“पालिकाका अध्यक्ष भूपेन्द्र राईले ‘लाभग्राहीको सुचीमा पर्नुपर्ने घर नपरेको तर नपर्नुपर्ने घर परेको’ भन्दै पुःननिर्माण प्राधिकरणको आलोचना गरेका छन् । अध्यक्ष राईले प्राधिकरणले पीडितरुले गुनासो फारम भर्ने तर कार्यन्वयन नगरेका कारण त्यसको दोष स्थानीय जनप्रतिनिधिले खेप्नु परेको बताए ।
रावाबेसी गाउ“पालिकाका अध्यक्ष लिलानाथ निरौलाले ‘क’ वर्गको परिचयपत्र पाएका भूकम्प पीडित अहिलेसम्म लाभग्राहीको सुचीमा समावेश हुन नसकेको बताए । जन्तेढुङ्गा गाउ“पालिकाका अध्यक्ष शंकरबहादुर राईले अझैपनि कतिपय वास्तविक भूकम्प पीडित निजी आवास अनुदानबाट बञ्चित भएकाले उनीहरुको माग सम्वोदन गर्न आग्रह गरे ।
साकेल गाउ“पालिकाकी उपाध्यक्ष सरिता खड्काले कतिपयले घर देखाएर आवास अनुदानको भुक्तानी लिएको गुनासो आएको चर्चा गरिन् । केपिलासगढी गाउ“पालिका उपाध्यक्ष हिरादेवी वनले पनि पुःननिर्माणका क्रममा प्राधिकरणको कमजोरी भउको औंल्याएकी छन् ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालयका प्रमुख घनश्याम उपाध्ययले हालसम्ममा पुःननिर्माणतर्फ नौ सय ६८ र प्रवलीकरणतर्फ सात सय ८५ गरी एक हजार आठ सय ५३ लाभग्राहीसंग सम्झौता गरिएकामा जिल्लामा हालसम्म पुःनिर्माणतर्फ आठ हजार साठी परिवारले मात्र दोस्रो किस्ता बुझेको बताए । पुःननिर्माणतर्फ नौ हजार ६८ घर र प्रवलीकरणतर्फ सात सय ८५ गरी नौ हजार आठ सय ५३ लाभग्राहीले पहिलो किस्ता बुझेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित