पालुङ्गोको फाइदा

  • प्रकाशित मितिः माघ १२, २०७७
  • 1004 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ १२–स्वास्थ्यको दृष्टिकोणले हरियो सागपातलाई हाम्रो दैनिक आहारमा समावेश गर्नु अनिवार्य मानिन्छ । सागमा पनि चम्सुर र पालुङ्गो मन नपर्ने विरलै होलान् । अझ पालुङ्गोको साग त मीठो मात्र नभएर स्वास्थ्यका लागि पनि धेरै नै लाभदायक हुन्छ ।
भिटामिन, मिनरल्सले भरिपूर्ण पालुङ्गो लो(क्यालोरीयुक्त हुन्छ । यसैले तौल घटाउ“न चाहनेका लागि यो साग राम्रो विकल्प हो । भिटामिन ए, बी २, सी, ई, के, आइरन, क्याल्सियम, म्याग्नेसियम,म्याग्नेस, फोसफोरस, जिन्क, सलेनियम, प्रोटिन लगायत विभिन्न पोषणले भरिपूर्ण पालुङ्गोलाई विभिन्न तरिकाले खान सकिन्छ ।
पालुङ्गोका फाइदा :
१) पेट, कलेजो लगायत शरीरका विभिन्न भागमा जमेर बसेको विषाक्तता हटाउ“छ ।
२) मांसपेशी बलियो बनाउ“छ ।
३) आइरन प्रशस्त मात्रामा पाइन्छ ।
४) मुटुको हिफाजत गर्छ ।
५) क्यान्सर विरुद्ध लड्न सहयोग गर्छ ।
६) शरीरको जलन कम गर्छ ।
७) रक्तचाप कम गर्न मद्दत गर्छ ।
८) आँखा तेजिलो बनाउ“छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित