भीरबाट लडेर वडा सदस्यको मृत्यु

  • प्रकाशित मितिः माघ ११, २०७७
  • 583 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ११–साकेला गाउ“पालिका–२ रतन्छाका वडा सदस्य रत्नप्रसाद फुयालको माघ १० गते सा“झ लडेर मृत्यु भएको छ । घरदेखि स्थानीय मबु गाउ“मा जाने क्रममा वाकुर्तुङ भीरमा लडेर फुयालको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक सागर साहका अनुसार भीरबाट करिब तीन सय मिटर तल झरेर घटनास्थलमै मृत्यु भएको हो । फुयाल धामी भएकाले चिन्ता बस्न मबु जाने क्रममा लडेर मृत्यु भएको साहले सुनाए । शव पोष्टपार्टमका लागि दिक्तेल ल्याउ“ने तयारी भइरहेको साहले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित