प्रधानमन्त्रीको कदम विरुद्ध जनता समाजवादी पार्टीको प्रदर्शन

  • प्रकाशित मितिः माघ 8, 2077
  • 1243 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ ८–संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले खोटाङको साकेला गाउ“पालिकामा विरोध प्रदर्शन गरेको छ । पा“च वर्षका लागि अनुमोदित सरकारका प्रधामन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदमको विरोधमा जनता समाजवादी पालिका समितिले मानेभन्ज्याङमा विरोध ¥याली प्रदर्शन गरेको हो ।
कोभड–१९ को महामारीका बेला निर्वाचनको घोषणा गरेर मुलुकमाथि आर्थिक भार थप्ने प्रयास गरेको, संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयत्न गरिएको भन्दै जनता समाजवादीले माघ ७ गते विरोध ¥याली गरेको प्रदर्शन गरेको हो । विरोध ¥यालीपछि भएको सभालाई जनता समाजवादीका केन्द्रीय सदस्यहरु सनबहादुर राई, सूर्य राई, प्रदेश समिति सदस्य केशवराज कार्की, किरात राष्ट्रिय समिति सचिव एबम् जिल्ला अध्यक्ष टंक थापा, किरात राष्ट्रिय समिति सदस्य प्रेम राई समाजवादी युवा संघका केन्द्रीय टिकाराम राई, समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य रविन खम्बु लगायतले सम्वोधन गरेका थिए । उनीहरुले असंवैधानिक तरिकाले संसद विघट गरेको भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित