खोटाङका दमन राई लगायत ३५ पत्रकार लेखनवृत्ति पत्रकारिता सम्मान

  • प्रकाशित मितिः माघ 7, 2077
  • 1372 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ ७–खोटाङका दमन राई लगायत देशभरका ३५ जना पत्रकारलाई कोरोना संक्रमण विरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । अष्ट्रेलियामा बसोबास गरिरहका नेपालीको साझा संस्था एनआरएनए अष्ट्रेलियाको सहयोग एबम् नेपाल पत्रकार महासंघको सहकार्यमा कोरोना संक्रमणको उच्च जोखिम मोलेर चेतना मुलक समाचार सामग्री प्रवाह गर्ने ३५ जना पत्रकारलाई कोरोना संक्रमण विरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण विरुद्ध आफूले प्रकाशन÷प्रसारण गरेका चेतना मुलक समाचार सामग्रीहरु पठाउ“न सूचीत गरे बमोजिम प्राप्त दुई सय ८५ वटा समाचार सामग्रीमध्ये समाचार सामग्रीको विषय वस्तु, खोज, प्रस्तुति, समाचारको सन्देश, भाषा तथा लेखन शैली एबम भौगोलिक, विधागत, समावेशीता समेतका आधारमा ३५ जनालाई लेखनवृत्ति पत्रकारिता सम्मानका लागि छनौट गरिएको हो । नेपाल पत्रकार महासंघले माघ ७ गते जारी गरेको विज्ञप्ती अनुसार सम्मानित हुने ३५ पत्रकारलाई जनही नगद दश हजार रुपैया“ सहित सम्मान पत्रबाट सम्मान गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित