दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका विद्यार्थीको रक्त समूह पहिचान सुरु

  • प्रकाशित मितिः माघ ७, २०७७
  • 766 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यार्थीको रक्त समूह पहिचान अभियान सुरु गरेको छ । कुनै विद्यार्थी दुर्घट्ना वा गम्भीर चोट लागे तत्काल रगत उपलव्ध गराउ“ने उद्देश्यले नगरपालिकाले रक्तसंचार दिक्तेलसगको सहकार्यमा विद्यार्थीको रक्त समूह पहिचान अभियान सुरु गरेको हो ।
रक्त समूह पहिचान अभियान माघ ६ गते वडा नम्बर १ दिक्तेलस्थित पञ्च माविबाट सुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गरेका हुन् । विद्यार्थीको रक्त समूह पहिचानको काम नगरपालिकाका १४ वटा सामुदायिक र ११ वटा संस्थागत विद्यालयमा गरिने छ ।
विद्यार्थीको रक्त समूह पहिचान गर्दै आगामी शैक्षिक–सत्रदेखि हरेक विद्यार्थीलाई रक्त समूह उल्लेख भएको परिचयपत्र प्रदान गरिने नगरप्रमुख रिजालले बताए । रक्त समूह पहिचान अभियान सुरु भएको अवसरमा पञ्च माविका छात्र–छात्राको रक्त समूह पहिचान गर्दै परिचयपत्र वितरण गरिएको छ । कायक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जनपथका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीया र सशस्त्र प्रहरी नायव उपरीक्षक सरोज कार्की लगायतको रक्त समूह पहिचान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित