प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध गाउ“–गाउ“मा अभियान

  • प्रकाशित मितिः माघ ५, २०७७
  • 944 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ५–प्रधानमन्त्री केपी ओलीको कदमले पार्टी विभाजनसम्मको अवस्था सिर्जना भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरले गाउ“–गाउ“मा अभियान सञ्चालन गरेको छ । प्रधानमन्त्रीले प्रतिगामी कदम चालेको भन्दै त्यसको विरोध, संगठन निर्माण, प्रशिक्षण लगायतका अभियानमा जुटेका हुन् ।

baksila1
केपिलासगढी गाउ“पालिकामा स्थायी आमन्त्रित सदस्य टंक राई, प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, जिल्ला सचिवालय सदस्य रस्मी रसाईली, जिल्ला कमिटी सदस्य तथा केपिलासगढी गाउ“पालिका अध्यक्ष कृष्णकुमार राई, जिल्ला कमिटी सदस्यहरु माइतीराज राई, तेजकुमार राई, रुद्र राई, खगेन्द्र गुरुङ, विष्णु राई, अर्जुनभक्त राई लगायतका नेताहरु अभियानमा जुटेका छन् । उक्त पालिकामा माघ ५ गते भएको कार्यक्रममा कांग्रेस र जनता समाजवादी पार्टीका २५ जना नेकपा प्रवेश गरेको युवा नेता पवन श्रेष्ठले बताए ।

rajan
बराहापोखरी गाउ“पालिकामा नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य रामकुमार राई, केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजन राई, जिल्ला अध्यक्ष पृथ्वी किराती, जिल्ला सचिवालय सदस्य निसाना राई, युवराज मगर, दुर्गा राई लगायतका नेताहरु सहभागी थिए । asmita 1
साकेला गाउ“पालिकामा नेकपा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जिल्ला समिता कार्की, जिल्ला सचिवालय सदस्य तथा साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्का, सचिवालय सदस्य विर्सिका राई, पालिका कमिटी अध्यक्ष फूलकुमार राई लगायतका नेताहरु सहभागी भएका छन् ।

rawa 1
रावाबेसी गाउ“पालिकामा नेकपा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य दुर्गाजयन्ती राई, सचिवालय सदस्य खडेन्द्र, जिल्ला कमिटी सदस्य विष्णु दाहाल, सचिवालय सदस्यहरु सीताराम अधिकारी र लीला श्रेष्ठ सहभागी भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा प्रदेश कमिटी सदस्य ध्रुव बुढाथोकी, जिल्ला कमिटी जिल्ला सदस्य राजन आचार्य, सुमन श्रेष्ठ सहभागी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा प्रदेश कमिटी सदस्य सुरेश राई, सचिवालय सदस्य विनोद आचार्य, नगर कमिटी अध्यक्ष विशन राई लगायतका सहभागी भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा कार्यालय सदस्य जलशेर राई, सचिवालय सदस्य मदन तामाङ, विकाश राई, जिल्ला कमिटी सल्लाहकार सदस्य कृष्णकिशोर राई लगायतको सहभागी भएका छन् । कार्यक्रममा नेताहरुले प्रधानमन्त्री ओलीको कदम विरुद्ध चर्को आलोचना गरेका थिए । अभियान अन्तरगत संगठन निर्माण, प्रशिक्ष्ँण लगायतका अभियान जिल्लाभर सञ्चालन गरिने नेकपा सचिवालय सदस्य विनोद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित