जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचन तयारी सुरु ग¥यो

  • प्रकाशित मितिः माघ ४, २०७७
  • 1222 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ४–जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनका लागि तयारी सुरु गरेको छ । माघ ४ गते अन्तरक्रिया कार्यक्रम आयोजना गरी आगामी बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनको तयारी सुरु गरेको जनाएको हो ।
मतदाता नामावली अद्यावधिक (दाबी विरोध)सम्वन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगको निर्देशन अनुसार प्रक्रिया बढाइएको जिल्ला निर्वाचन कार्यालय खोटाङकी प्रमुख कोपिला राईले बताइन् । उक्त कार्यक्रममा पुस ५ गतेसम्म १८ वर्ष पुगेर नामावली दर्ता गराउ“ने, नामावली त्रुटी भए सच्याउ“ने, दोहोरो भए सच्याउ“ने र दाबी विरोध भए त्यसको निरुपण गर्ने राईले बताइन् ।
यसका लागि माघ ५ गतेसम्म सहायक नामदर्ता अधिकृतको छनौट गर्ने, माघ ८ गते नियुक्ति गर्ने, माघ ११ गते नवनियुक्त सहायक नाम दर्ता अधिकृतलाई तालिम दिन, १५ गते सूचना प्रकाशन गर्ने, १६ र १७ गते निवेदन सङ्कलन गर्ने, १८ र १९ गते निवेदन उपर निर्णय गर्ने लगायतका कार्यक्रम रहेको राईले सुनाइन् । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले निर्वाचनका लागि सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित