प्रधानमन्त्री ओलीको कदम विरुद्ध खोटाङका सबै पालिकामा कांग्रेसको प्रदर्शन

  • प्रकाशित मितिः माघ 4, 2077
  • 1370 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ ४–प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध खोटाङ कांग्रेसले जिल्लाका सबै पालिकाहरुमा विरोध प्रदर्शन गरेको छ । ओलीले पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा जिल्लाका दशै पालिकामा माघ ३ गते विरोध प्रदर्शन गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाको कोणसभामा पार्टी सभापति नरेशकुमार श्रेष्ठ, दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको कोणसभालाई महासमिति सदस्य तथा पुर्व पार्टी सभापति विष्णुकुमार राई, केपिलासगढी गाउ“पालिकाको कोणसभामा महासमिति सदस्य तथा पूर्व राज्यमन्त्री सर्वधन राई, जन्तेढुङ्गा गाउ“पालिकाको कोणसभालाई महासमिति सदस्य सुवाशकुमार पोखरेल, ऐसेलुखर्क गाउ“पालिकाको कोणसभालाई महासमिति सदस्य रविप्रकाश राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कोणसभालाई महासमिति सदस्य दिनेश राईले सम्वोधन गरेका छन् ।
खोटेहाङ गाउ“पालिकाको कोणसभामा महाधिवेशन प्रतिनिधि वीरकाजी राई, साकेला गाउ“पालिकाको कोणसभामा पार्टी उपसभापति धर्मराज पोखरेल र रावावेसी गाउ“पालिकाको कोणसभामा पार्टी सचिव इच्छु रानाले सम्वोधन गरेका हुन् । विरोध कार्यक्रममा प्रधानमन्त्री केपी ओली सरकारको कडा आलोचना गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा माघ ८ गते जिल्लाका ७९ वडामा विरोध कार्यक्रम तय गरिएको पार्टी जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित