नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १–जिल्ला अदालत खोटाङका खरिदार कमलदीप ढकाल मृत फेला परेका छन् । सुर्खेत विरेन्द्रनगर नगरपालिका–११ स्थायी घर भएका ३६ वर्षीय ढकाल आफ्नै कोठामा माघ १ गते विहान मृत फेला परेका हुन् ।
विहान अबेरसम्म नउठेपछि घरबेटीले बोलाउ“दा भित्रबाट चुक्कुल लगाएको र नखोलिएपछि जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल लगायतको ढोका खोलेर हेर्दा मृत फेला परेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए ।
पुस २९ गते बेलुकाको खाना खाएर कोठा पसेका ढकाल कोठामै घोप्टिएको अवस्थामा मृत फेला परेका हुन् । ढकालको छेउमा लोकसेवा आयोगको तयारी पुस्तकहरु खुलै राखिएको छ । उनी नासुको तयारी गरिरहेका खुलेको प्रहरीले जनाएको छ । उनको मृत्यु के कारणले भयो भन्ने पोष्टमार्टमपछि खुल्ने डिएस्पी चिमरीयाले बताए । आफन्त आइपुगेपछि पोष्टमार्टम गरेर शब जिम्मा लगाइने चिमरीयाले सनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित