जन्तेढुङ्गामा विद्यालय बन्द

  • प्रकाशित मितिः पुष 29, 2077
  • 430 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस २९–विद्यार्थी विरामी पर्न थालेपछि जन्तेढुङ्गामा एक हप्ता दिनका लागि पठन–पाठन बन्द गरिएको छ । विद्यार्थीमा निमोनिया“, रुघाखोकी र ज्वरोको समस्या देखिन थालेपछि पुस २९ गतेदेखि माघ ६ गतेसम्मका लागि कक्षा बन्द गरिएको हो ।
गाउ“पालिका अध्यक्ष शंकरबहादुर राईका अनुसार विद्यार्थीको स्वास्थलाई मध्यनजर गर्दै पुस २८ गते बसेको शिक्षा समितिको बैठकले एक हप्ताका लागि पठन–पाठन बन्द गर्ने निणर्य गरेको हो । उक्त पालिकामा छ वटा माध्यमिक, तीन वटा आधारभूत र २७ प्राथमिक गरी ३६ वटा विद्यालय बन्द गरिएको हो । यो अवधिमा आन्तरिक लेखा परीक्षण, अन्तिम लेखा परीक्षण, भौतिक निर्माण र कार्यतालिका निर्माण लगायतका प्रशासनिक काम गर्न गाउ“पालिकाले सबै विद्यालयलाई पत्रचार गरेको अध्यक्ष राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित