सविना अछामे–
खोटाङ, पुस २८–अब लेखा परीक्षणको काम सम्वन्धित स्थानीय तहमा सुरु भएको छ । लेखा परीक्षकले आफूलाई पायक पर्ने ठाउ“मा बोलाएर लेखा परीक्षण गर्ने बेथितिको अन्त्य भएको छ ।
सम्वन्धित पालिकामा लेखा परीक्षक पुगेपछि दिप्रुङ चुइचुम्मा गाउ“पालिकाका अध्यक्ष भूपेन्द्र राईले खुसी व्यक्त गरेका छन् । उक्त गाउ“पालिका गत वर्ष लेखा परीक्षकले बोलाएको ठाउ“मा कागजातको पोका बोकेर नगएपछि लेखा परीक्षण छुटेपछि गाउ“पालिका त्यसको विरोधमा उत्रिएको थियो । यो वर्ष भने गाउ“पालिकामै लेखा परीक्षणका लागि आएपछि आफूलाई खुसी लागेको अध्यक्ष राईले बताए ।
पुस २५ गते दिप्रुङ चुइचुम्मा पुगेको लेखा परीक्षण टोलीले पुस २६ गतेबाट लेखापरीक्षण सुरु गरेको अध्यक्ष राईले सुनाए । ऐसेलुखर्क गाउ“पालिका, हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेसी गाउ“पालिका र साकेला गाउ“पालिकाको लेखापरीक्षण सकेर दिप्रुङ चुइचुम्मा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित