भ्रमित नहुन नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल) पक्षको आग्रह

  • प्रकाशित मितिः पुस २८, २०७७
  • 1979 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २८–दाहाल–नेपाल पक्षधरले ओली पक्षधरले भ्रामक सन्देश दिएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ । पुस २६ गते ओली पक्षधरले पत्रकार सम्मेलन गरी आफूहरु बहुमतमा रहेको भन्ने खालको सन्देश दिन खोजेकाले उक्त कुरा भ्रामक भएको दाहाल–नेपालपक्षधरले जनाएको छ ।
दाहाल–नेपाल पक्षधर नेपाल कम्युनिष्ट पार्टी(नेकपा)खोटाङको प्रचार तथा प्रकाशन विभागले पुस २७ गते प्रेस वक्तव्य जारी गर्दै ओली समूहको भ्रामक प्रचारबाजीको भ्रममा नपर्न आग्रह गरेको हो । खोटाङमा अल्पमतमा रहेका ओली समूहले आफूूहरु बहुमतमा रहेको भन्ने भ्रम फैलाउन जाली प्रचार गरिएको नेकपा खोटाङका अध्यक्ष पृथ्वी किरातीले बताए । ‘अल्पमतकै बैठकले रामप्रसाद दङ्गाललाई अध्यक्ष चयन गरेको छ ।’ किरातीले भने–‘भोलि देखिने कुरामा आज ढाटेर के हुन्छ ?’ किरातीले थपे–‘कमजोरहरुको हतियार नै भ्रम भएकाले यसप्रति सबै सचेत हुनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित