भ्रमित नहुन नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल) पक्षको आग्रह

  • प्रकाशित मितिः पुष २८, २०७७
  • 1411 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २८–दाहाल–नेपाल पक्षधरले ओली पक्षधरले भ्रामक सन्देश दिएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ । पुस २६ गते ओली पक्षधरले पत्रकार सम्मेलन गरी आफूहरु बहुमतमा रहेको भन्ने खालको सन्देश दिन खोजेकाले उक्त कुरा भ्रामक भएको दाहाल–नेपालपक्षधरले जनाएको छ ।
दाहाल–नेपाल पक्षधर नेपाल कम्युनिष्ट पार्टी(नेकपा)खोटाङको प्रचार तथा प्रकाशन विभागले पुस २७ गते प्रेस वक्तव्य जारी गर्दै ओली समूहको भ्रामक प्रचारबाजीको भ्रममा नपर्न आग्रह गरेको हो । खोटाङमा अल्पमतमा रहेका ओली समूहले आफूूहरु बहुमतमा रहेको भन्ने भ्रम फैलाउन जाली प्रचार गरिएको नेकपा खोटाङका अध्यक्ष पृथ्वी किरातीले बताए । ‘अल्पमतकै बैठकले रामप्रसाद दङ्गाललाई अध्यक्ष चयन गरेको छ ।’ किरातीले भने–‘भोलि देखिने कुरामा आज ढाटेर के हुन्छ ?’ किरातीले थपे–‘कमजोरहरुको हतियार नै भ्रम भएकाले यसप्रति सबै सचेत हुनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित