ओली समूहको जिल्ला अध्यक्षमा रामप्रसाद दङ्गाल

  • प्रकाशित मितिः पुष २६, २०७७
  • 1087 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षधरको खोटाङ जिल्ला अध्यक्षमा रामप्रसाद दङ्गाल छानिएका छन् । पुस २५ र २६ गते भएको बैठकले दङ्गाललाई अध्यक्ष चयन गरेको हो ।
एक सय ४७ जिल्ला कमिटीमध्ये ७५ जिल्ला कमिटी सदस्य उपस्थित बैठकले दङ्गाललाई अध्यक्ष चयन गरेको पुस २६ गते जिल्ला समन्वय समितिको बैठक कक्षमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइएको हो । नेपाल कम्युनिष्ट पार्टी विभाजित हुनअघि पृथ्वी किराती अध्यक्ष रहेको जिल्ला कमिटीमा दङ्गाल सचिव थिए । पार्टी विभाजन हुनुअघि ४५ सदस्यीय सचिवालय सदस्यमध्ये ओली पक्षधर कमिटीमा २४ जना रहेको अध्यक्ष दङ्गालले दाबी गरे । बैठकले अध्यक्ष दङ्गाल, दीपनारायण रिजाल, सुरेन्द्रकुमार राई, गृहबहादुर राई, चर्चबहादुर विश्वकर्मा र विणादेवी राई रहेको कार्यालय टिम समेत गठन गरेको छ ।
बैठकले गाउ“ तहसम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ । पालिका तथा वडास्तरीय जनप्रतिनिधिहरुसंग छलफल तथा संगठन विस्तार गर्ने निर्णय गरेको केन्द्रीय सदस्य विशाल भट्टराईले बताए । प्रतिनिधिसभा विघटन गर्नुका कारण, मध्यावधि निर्वाचन, संगठन विस्तार लगायतका विषय लिएर गाउ“तहसम्म पुग्ने भट्टराईले सुनाए । पत्रकार सम्मेलनमा ओली पक्षधर केन्द्रीय सदस्यहरु विशाल भट्टराई, देवविक्रम राई, देवान राई, प्रदेश कमिटी सदस्य पा“चकर्ण राई, कुमार आचार्य लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित