प्रधानमन्त्रीलाई संविधान र विरोधपत्र

  • प्रकाशित मितिः पुष २४, २०७७
  • 786 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २४–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरले प्रधानमन्त्री केपी ओलीलाई खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा मार्फत संविधान र विरोधपत्र पठाएका छन् । प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक, एबम् स्वेच्छाचारी ढङ्गबाट प्रतिनिधिसभा विघटन गरी प्रतिगामी कदम चालेकाले त्यसको विरोधमा पुस २४ गते संविधान र विरोध पत्र पठाएका हुन् ।

gyapan1
बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नामेट हुने गरी चालिएको कदम सच्याउ“दै क्षमायाचना गर्न र संविधानका धाराहरु अध्ययन गर्न विरोध पत्र र संविधान पठाइएको नेकपा जिल्लाअध्यक्ष पृथ्वी किरातीले बताए । प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदम नसच्चिए जस्तोसुकै संघर्ष गर्ने चेतावनी दिइएको किरातीले सुनाए । विरोध पत्र र संविधान पठाउ“न पूर्वसभासदहरु समिता कार्की, दुर्गाजयन्ती राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, जिल्ला नेता जलशेर राई, खडेन्द्र राई, अमेम्बर राई लगायतका सहभागी थिए ।
 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित