नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २३–नेर्पामा जारी भुलभुले प्रथम च्यालेन्ज फुटवल कपको फाइनल खेल साकेला गाउँपालिका–२ रतन्छा र टेम्के मैयु गाउ“पालिका–५ खावा बीच हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित संसारीडाडा“ खेलमैदानमा पुस २३ गते भएको खेलमा केपिलासगढी गाउ“पालिका–४ बाक्सिलाई ५–१ गोल अन्तरले पराजित गर्दै रतन्छा फाइनलमा पुगेको हो ।
त्यस्तै निर्धारित समयमा बराबरी २–२ गोलको स्कोर निकालेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मालाई ट्राइव्रेकरमा हराउ“दै खावाले फाइनल यात्रा पक्का गरेको हो । खावाले यसअघिको खेलमा पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीलाई ट्राइव्रेकरमै पन्छाएको थियो ।
प्रतियोगिताका प्रथम टिमले नगद १ लाख १ हजार १ सय ११ र दोश्रो टिमले ५५ हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक बिरेन गुरुङले बताए । प्रतियोगिताको सेमि फाइनलिस्ट दुई टिमले जनही २० हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले सुनाए ।
प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही दुई हजार एक सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोररलाई तीन हजार एक सय तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद चार हजार एक सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान आयोजक नेर्पा स्पोर्टस क्लवले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित