लफ्याङमा फुटबल प्रतियोगिता हुदै

  • प्रकाशित मितिः पुष २१, २०७७
  • 865 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस २१–आगामी फागुन १० गतेबाट मझुवागढी रणजितमान राई अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियोगिता हुने भएको छ । दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–५ लफ्याङस्थित रणजितमान राई खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।
‘जितलाई हैन सिक्नलाई खेलकुद भन्ने नाराका साथमा खेल हुने पुस १९ गते जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको थियो । उक्त खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–५ लफ्याङ र नमुना स्पोर्टस क्लव लफ्याङले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा फुटबल संघ खोटाङका जिल्ला अध्यक्ष ध्रुबबिक्रम राई, वडा नं ५ लफ्याङका वडासदस्य अनुप राई, स्थानीय समाजसेवी राजेन्द्र राई लगायतको उपस्थिति थियो ।
लफ्याङमा निर्माणाधीन मझुवागढी रणजितमान राई खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद एक लाख ५५ हजार, दोश्रो स्थान हासिल गर्ने टिमले एक लाख एक हजार र सेमिफाइनलिस्ट दुई वटा टिमले ३१÷३१ हजार नगद पुरस्कार पाउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ वडाध्यक्ष निर्मल राईले बताए ।
विधागत पुरस्कातर्फ उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५÷५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने वडाध्यक्ष राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित