शिक्षक दरबन्दी मिलानको निर्णय कार्यान्वयन नगर्नु : उच्च अदालत

  • प्रकाशित मितिः पुष १५, २०७७
  • 775 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस १५–हलेसी तुवाचुङ नगरपालिकाले शिक्षक दरबन्दी मिलानबारे गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश जारी गरेको छ । गत पुस १ गते शिक्षक दरबन्दी मिलानको विषयमा गरेको निर्णय कार्यान्वयन नगर्न/नगराउन आदेश जारी गरेको हो ।
शिक्षक दरबन्दी मिलानको बहानामा गत पुस १ गते विभेदकारी कदम चालिएको भन्दै उच्च अदालतमा मुद्दा दायर भएको थियो । उक्त अदालतका न्यायधीस श्यामजी प्रधानको एकल इजलासले छलफलका लागि आगामी पुस १६ गते पेशी तोकेको शिक्षक नवीन चाम्लिङले बताए । अदालतको निवेदनमा माग गरिए बमोजिम आदेश जारी हुनु नपर्ने आधार, कारण र प्रमाण सहित बाटोको म्याद बाहेक १५ दिनभित्र जवाफ पेश गर्न नगरपालिकाको नाममा आदेश जारी गरेको चाम्लिङले सुनाए ।
राजनीतिक आस्थाको आधारमा शिक्षकमाथि विभेद गरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठन हलेसी तुवाचुङ नगर कमिटीले विरोध जनाएको थियो । विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधार गर्दै शैक्षिक गुणस्तर वृद्घिका लागि माविमा मावि तहकै स्थायी शिक्षकलाई पठाउने निणर्य गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउदै आएका छन् । नगरपालिकाको यो निणर्यले प्रावि वा आधारभूत तहका शिक्षकलाई मावि तहको प्रअ हुनबाट रोक लगाएको शिक्षकहरुले बताउदै आएका छन् ।
पाच

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित