ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

  • प्रकाशित मितिः पुस १३, २०७७
  • 1614 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस १३–आफैले चलाएको टयाक्टरले किच्दा खोटाङमा चालकको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिका– १ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले जोढ्ने साप्सु खोलामा पक्की पुल निर्माणको काम गरिरहेको सूर्य एण्ड सन्स् प्रालिको ज ७ त २२६६ नम्बरको टयाक्टरले पुस १२ गते किच्दा उक्त ट्याक्टरका चालक बागमती नगरपालिका–१ सर्लाहीका कैलाश भुजेलको मृत्यु भएको छ ।
निर्माणाधिन पुलभन्दा करिब एक किलोमिटर तल साप्सु खोलामा गिटी लिन गएको अवस्थामा फसेको अर्को टयाक्टर तान्नका लागि गएको अव्स्थामा भएको दुर्घटनामा चालकको मृत्यू भएको सूर्य एण्ड सन्स् प्रालिको प्रोजेक्ट मेनेजर हरि बरालले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित