जनता समाजवादी पार्टीले दिक्तेलमा मसाल जुलुस प्रदर्शन, प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको लाठी चार्ज

  • प्रकाशित मितिः पुस 11, 2077
  • 1656 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ११–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध जनता समाजवादी पार्टीले दिक्तेल बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ । पुस ११ गते दिक्तेलको किरातचौकदेखि त्रिवेणीचौकसम्म नारा लगाउदै मसाल जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा सुरक्षाकर्मी (सशस्त्र–प्रहरी)ले प्रदर्शनकारीहरुमाथि लाठी चार्ज गरेको जनता समाजवादी पार्टीले जनाएको छ ।
जनता समाजवादी पार्टीका जिल्ला युवा नेता रवीन खम्बुका अनुसार शिक्षक संगठन केन्द्रीय सदस्य धनिराम राई, पार्टी जिल्ला उपाध्यक्ष वसन्ती राई, पार्टी जिल्ला सचिव देवकुमार राई, विद्यार्थी जिल्ला सदस्य मोहन राई लगायतका एक दर्जन प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीले लाठी चार्ज गरी घाइते बनाएको हो । राष्ट्रपति र प्रधानमन्त्रीको कदम फिर्ता नलिएसम्म आन्दोलन जारी रहने जनता समाजवादी पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित