हलेसीमा विद्युत विस्तार तिब्र

  • प्रकाशित मितिः पुष १०, २०७७
  • 1147 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस १०–हलेसी तुवाचुङ नगरपालिका च्यास्मिटारको दाल्फुमा विद्युत विस्तार भएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरिएको हो ।
पोल गाड्ने, तार टा“ग्ने, ट्रासफर्मर राख्ने, मिटरबक्स जडान गर्ने लगायतका काम पूरा भएपछि च्यास्मिटार दाल्फुमा पुस ९ गतेदेखि विद्युत बालिएको उपभोक्ता समितिका अध्यक्ष दीपेन राईले बताए । दाल्फुका ३२ घर परिवारमध्य पहिलो चरणमा आठ घरमा बत्ती बालिएको राईले सुनाए ।
गाइघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन अन्तरगतको विद्युत बलेपछि स्थानीय हर्षित भएका छन् । गाउ“मा विद्युत बिस्तारका लागि उपभोक्ताबाट पोल गाड्ने, तार टा“ग्ने र ट्रान्सफर्मर राख्ने काममा श्रमदान जुटाइएको स्थानीय केसीराज राईले बताए । तत्कालै अन्य घरमा विद्युत बल्ने उपभोक्ता समितिले जनाएको छ । नगरपालिकाको आफ्नै बजेट, संघीय सरकार र नगरपालिकाको म्याचिङ फण्ड तथा नेपाल विद्युत प्राधिकरणको बजेटमा विद्युत विस्तारलाई तिब्रता दिइएको हलसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राइले बताए ।
हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–५ मङ्गलटारलाई आर्थिक वर्ष २०७६÷७७ मा ‘उज्यालो वडा’ घोषणा गरिएको थियो । स्थानीय सरकार आउनुअघि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा मध्यपहाडी लोकमार्ग आसपासका टोलमा मात्र विद्युत विस्तार भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित