रेडपाण्डा संरक्षण भएन

  • प्रकाशित मितिः भदौ १०, २०७५
  • 1481 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, भदौ १०–जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउ“पालिकाको लेकाली भेगमा पाइने लोपोन्मुख रेडपाण्डा संरक्षण र प्रबद्र्धन हुन सकेको छैन । 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१० पाथेका गाविसको कोप्चे र मेरुङ सामुदायिक वन र केपिलासगढी गाउ“पालिका वडा नं १ फेदी गाविसको चिलिमलौरे, फुङ्गालुङ, छिमालुङ र बगाले सामुदायिक वन तथा   केपिलासगढी गाउ“पालिका–७ सुङदेलको दयालु वमा, देवीखर्क र बुङ्बुङ्गे सामुदायिक वनमा पाइने रेडपाण्डा संरक्षण तथा प्रबद्र्धन हुन नसकेको हो । 
यसको संरक्षण तथा प्रबद्र्धनले स्थानीय सरकारलाई टेवा पुग्ने भए पनि यसप्रति ्जनप्रतिनिधिहरुले ध्यान दिएका छैनन् । पर्यटन विकासको एउटा महत्वपूर्ण पक्ष भए पनि जनप्रतिनिधिहरु यसप्रति सचेत देखिदैनन् । प्रदेश तथा प्रतिनिधिसभाको चुनावताका भने नेताहरूले घोषणापत्रमा प्रबद्र्धन गर्ने उल्लेख गरेका थिए । यद्यपि चुनाव जितेपछि यसलाई बिर्सिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने रेडपाण्डा संरक्षणका लागि भनेर कार्यक्रम नराखे पनि वन वातावरण शीर्षकमा ७२ लाख छुट्टयाइएको बताए । रिजालले भने–‘यो बजेट रेडपाण्डा संरक्षणमा पनि खर्च गर्न सकिन्छ ।’  
केपिलासगढी गाउ“पालिका अध्यक्ष कृष्णकुमार राईले डढेलो नियन्त्रण, रेडपाण्डा संरक्षण र पानीको श्रोतका लागि पोखरी निर्माणमा पा“च लाख ५० हजार रुपैया“ निवियोजन गरिएको बताए ।
दुई हजार मिटरदेखि ४८ सय मिटरसम्मको दशदेखि २५ डिग्री सेल्सियसको तापक्रममा पाइने रेडपाण्डा स्तनधारी जनावर हो । यो लजालु र सोझो जनावर मानिन्छ । यसको मुख्य आहार मालिङ्गो हो । यसबाहेक ट्यागा, लिसे, केसरी, भालुसिङ्गे, ठेकीफल लगायत खाने गर्छ । यो चोडापाते जङ्गलमा बस्ने गर्छ । यो जनावर सन्तुलित पर्यावरणको सुचकको रुपमा चिनिन्छ । नेपालका विभिन्न २४ जिल्लामा मात्र पाइने विश्व वन्यजन्तु आरक्षणको अभिलेखमा छ । 
सुङ्देल गाविसमा पाइने रेडपाण्डा भने चोरी शिकारी हुने गरेको स्थानीयले जनाएका छन् ।  पासो थापेर मारेर सङ्खुवासभातिर निकासी हुने स्थानीयले बताए । भोजपुर र सोलुखुम्बुसंग जोडियो जङ्गल भएकाले चोरी शिकारीका लागि सहज भएको स्थानीय एक शिक्षकले बताए । यसबारेमा जिल्लास्थित प्रशासन, प्रहरी र वन कार्यालय भने बेखबर छन् ।
फेदीमा भने लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा संरक्षण समिति गठन गरिएको छ । स्थानीय ज्ञानकुमार राईको अध्यक्षतामा संरक्षण समिति बनेको हो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित