खोटाङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

  • प्रकाशित मितिः पुष १०, २०७७
  • 1030 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १०–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरिएको छ । जनता समाजवादी पार्टीले असंवैधानिक कदमको विरुद्ध राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुस १० गते विहान दिक्तेलको किरात चौकमा पुत्ला दहन गरेको हो ।
पुत्ला दहनपछि जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्य राईले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको हत्या गरेको बताए । जनताको बलिदानबाट प्राप्त गणतन्त्र, संघीयतालाई खारेज गर्न राष्ट्रपति र प्रधानमन्त्री उद्धत रहेकाले आन्दोलन मार्फत तिनै राष्ट्रघाती राष्ट्रपति र प्रधानमन्त्रीलाई बर्खास्त गर्न आह्वान गरे । ‘जनताको बलिदानबाट प्राप्त गणतन्त्र, संघीयतालाई खारेज गर्न राष्ट्रपति र प्रधानमन्त्री उद्धत् रहेकाले आन्दोलन मार्फत बर्खास्त गर्नु पर्छ ।’ राईले भने–‘जबसम्म राष्ट्रघाती राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली बर्खास्त हुदैनन्, तबसम्म आन्दोलन जारी रहने छ ।’
शङ्ख बजाउ“दै पुत्ला दहन गरिरहेका आन्दोलनकारीलाई प्रहरीले रोक्ने प्रयास गरेका थिए । यद्यपि कार्यक्रम सफल भएको जनता समाजवादी पार्टीका जिल्ला युवा नेता रविन खम्बुले बताए । जनता समाजवादी पार्टीले पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन, ११ गते मसाल जुलुस र १२ गते देशभर जनप्रदर्शन गर्ने खम्बुले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित