सविना अछामे–
खोटाङ, पुस, ९ – मोटरसाइकल दुर्घटनामा मालपोत कार्यलय खोटाङमा कार्यरत नायब सुब्बा हरिलाल राईको मृत्यु भएको छ । पुस ८ गते लहानमा काठमाण्डौबाट पूर्वतर्फ जा“दै गरेको बसको ठक्करबाट राईको मृत्यु भएको हो । राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले निवासी हुन् ।
बसको ठक्करबाट राईसंगै यात्रा गरिरहेका अर्का एक जना घाइते भएका छन् । कामका सिलसिलामा उदयपुरको गाइघाट हु“दै लहान पुगेका राई दुर्घटनामा परेका हुन् । राईको निधनप्रति नेपाल निजामती कर्मचारी संगठनले दुख व्यक्त गरेको छ । संगठनका अध्यक्ष मोहन भट्टराईले फेसबुकमार्फत दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् । भट्टराईले मृतकप्रति श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित