प्रधानमन्त्री ओली गुटको केन्द्रीय सदस्यहरुद्वारा पद अस्वीकार

  • प्रकाशित मितिः पुस ९, २०७७
  • 1821 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ९–प्रधानमन्त्री ओली गुटका मनोनित दुई केन्द्रीय सदस्यले पद अस्वीकार गरेका छन् । प्रदेश नं १ की प्रदेशसभा सदस्य उषाकला राई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ का प्रदेश कमिटी सदस्य तथा नेकपा खोटाङका सचिव रामप्रसाद दङ्गालले केन्द्रीय सदस्य अस्वीकार गरेका हुन् ।
‘भ्रस्टाचार अन्त्य, समृद्धिको मुद्दाहरू अलपत्र परेको बेला विकसित राजनीतिक परिघट्नामा प्रधानमन्त्री केपी कमरेडले केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा कृतज्ञता जाहेर गर्दछु ।’ राईले भनिन्–‘तर मेरा ज्ञानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न असमर्थ महशुस भएकाले विनम्रताका साथ उक्त पदमा नरहेको सबैमा अनुरोध गर्दछु ।’

dangal 1

त्यस्तै रामप्रसाद दङ्गालले भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङको सचिव र प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेकाले ओली गुटको मनोनित केन्द्रीय सदस्यमा नरहने उल्लेख गरेका छन् । ‘बालुवाटार बैठकबाट पार्टीको केन्द्रीय सदस्य बनाएकोमा जसले प्रस्ताव गर्नु भयो धेरै–धेरै धन्यवाद र आभार व्यक्त गर्दछु ।’ दङ्गालले भनेका छन्–‘म पार्टीको जिल्ला सचिव र प्रदेश कमिटी सदस्य समेत रहेको हुदा हाल यो पार्टीको केन्द्रीय सदस्य पदमा नरहने जानकारी गराउ“न चाहन्छु ।’

sher-usha
यसै बीच प्रदेशसभा सदस्य राईका जीवन साथी पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले पनि ओली गुटको केन्द्रीय सदस्य अस्वीकार गरेको राईले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित