संसद विघटनको विरोधमा जनता समाजवादीको प्रदर्शन

  • प्रकाशित मितिः पुष ८, २०७७
  • 1081 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस ८–संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले दिक्तेलमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसलाई असंवैधानिक कदम भन्दै पुस ८ गते दिक्तेल बजारमा विरोध प्रदर्शन गरेको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु संविधानको हत्या भएकाले यसको विरुद्ध आन्दोलित भएको जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य सूर्य राईले बताए । जनताको त्याग र बलिदानीबाट प्राप्त संघीय गणतन्त्रमाथि धावा बोलिएकाले यसको विरुद्ध निर्णायक आन्दोलन गरिने राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित