'शिक्षकमाथि विभेद गरियो : शिक्षक संगठन

  • प्रकाशित मितिः पुष ८, २०७७
  • 1285 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस ७–हलेसी तुवाचुङ नगरपालिकामा विभेदपूर्ण तरिकाले शिक्षकको सरुवा गरिएको भन्दै दुई शिक्षक संगठन विरोधमा उत्रिएका छन् । प्रअ बनाउने भ्रम छर्दै दरबन्दी मिलानको नाममा विषयगत दरबन्दी नमिल्ने गरी शिक्षकको सरुवा गरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठन हलेसी तुवाचुङ नगर कमिटीले विरोध जनाएको हो ।
नगरपालिकाले सबै माविमा मावि स्थायी शिक्षकलाई प्रअ नियुक्त गर्ने गरी मावि शिक्षक सरुवा गर्ने निणर्य गरेको केही समयपछि शिक्षक संगठन विरोधमा उत्रिएका हुन । नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर समिति अध्यक्ष शिवकुमार राई, सचिव देबराज राई, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष मेथबहादुर राई र सचिव दिलीप वाम्बुले राईले पुस ७ गते विज्ञप्ती जारी गर्दै शिक्षक सरुवाको निणर्य शिक्षा नियमवाली २०५९ को नियम ९८ विपरित भएको तथा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ र २०७३ साल चैत ९ गते शिक्षा मन्त्रालयबाट स्वीकृत दरबन्दी मिलान तथा समायोजनको आधारलाई समेत बेवास्ता गरिएको विज्ञप्तीमा उल्लेख छ ।
शिक्षकको विभेदपूर्ण सरुवाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउ“दै शिक्षक संगठनले अलोकतान्त्रिक र गैरकानुनी निणर्य भनदै भत्तसना गरेको छ । शिक्षक सरुवासम्बन्धी निर्णय खारेजीको माग गरेको छ । ‘नगर कार्यपालिका आफैले निर्माण गरेको माध्यमिक शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७७ समेत प्रचलित मुल ऐन, नियमसंग बाझिएको छ ।’ विज्ञप्तीमा उल्लेख छ–‘जुन कार्यविधिलाई आधार मानेर समितिले निणर्य ग¥यो, त्यही कार्यविधिलाई परिच्छेद–३, दफा ४ (ख) समेतको विपरित शिक्षकलाई हतोत्साहित गरिएको छ ।’
विज्ञप्तीमा नगरपालिकाबाट विगतदेखि नै राजनीतिक आस्थाको आधारमा शिक्षकमाथि गरिदै आएको विभेदकारी प्रबृत्ति र व्यवहार अन्त्यको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित