साकेलामा सामाजिक सुरक्षाभत्ता बैंक मार्फत

  • प्रकाशित मितिः पुष ७, २०७७
  • 607 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस–७ खोटाङको साकेला गाउ“पालिकाले सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणली मार्फत गर्ने भएको छ । एकै आर्थिकवर्ष ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्ता वापतको रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएको केही समयपछि गाउ“पालिकाले बैंक मार्फत सामाजिक सुरक्षाभत्ता भुक्तानी दिने तयारी गरेको हो ।
सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्नका लागि गाउ“पालिकाले आर्थिक वर्ष २०७७÷०७८ को दोश्रो चौमासिक अनिवार्य बैंकिङ प्रणाली मार्फत भुक्तानी दिन पुस ६ गते नेपाल एसबीआई बैंकको शाखा कार्यालय साकेला गाउ“पालिकासंग सम्झौता गरेको छ । गाउ“पालिकाले आवश्यक विवरण र बैङ्कमा रकम जम्मा गरेपछि त्यसै अनुसार सामाजिक सुरक्षा भत्ता वितरण हुने छ ।
उक्त गाउ“पालिकामा गत आर्थिक वर्ष ८७ लाख ४१ हजार छ सय रकम अनियमित भएको उपाध्यक्ष सरिता खड्का नेतृत्वको छानविन समितिले औल्याएको थियो । सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा गठित छानविन समितिले तयार पारेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा वडा नम्बर–१ बा“झेच्यानडा“डामा २० लाख ३४ हजार चार सय, वडा नम्बर २ रतन्छामा १२ लाख २८ हजार, वडा नं ३ खिदिमामा ११ लाख ८७ हजार दुई सय, वडा नं–४ माथिल्लो मात्तिममा २२ लाख ८७ हजार र वडा नं ५ तल्लो मात्तिममा २० लाख ४८ हजार अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित