मातृ भाषाको पठन–पाठनले गति लियो, अब पुमा भाषामा पठन–पाठन सुरु हुने

  • प्रकाशित मितिः पुष ४, २०७७
  • 1785 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ४–जिल्लामा मातृ भाषाको पठन–पाठनले गति लिएको छ । बराहापोखरी र जन्तेढुङ्गा गाउ“पालिकामा पनि पुमा भाषामा पठन–पाठन सुरु हुने भएको छ । उक्त दुई पालिकाको १४ वटा विद्यालयमा पुमा भाषामा पढाई हुने भएको हो ।
किरात पुमा राई तुप्खाबाङ्गालाको पहलमा बराहापोखरी र जन्तेढुङ्गा गाउ“पालिकामा यसै शैक्षिक सत्रबाट पठन–पाठन सुरु गरिने तुप्खाबाङ्गालाका केन्द्रीय अध्यक्ष भूपेन्द्र राईले बताए । किरात पुमा राई तुम्खाबाङ्गालाले भाषाको पाठ्यक्रम निर्माण गरी पाठ्य पुस्तक समेत तयार भइसकेकाले अब पठन–पाठनको तयारीमा रहेको अध्यक्ष भूपेन्द्र पुमा राईको भनाई छ ।
सुुरुमा जन्तेढुङ्गा गाउ“पालिका–१ देविस्थानस्थित शिक्षा निकेतन औतारी मावि पौवा, जनता आधारभूत विद्यालय बुकुला र चौतारा आधारभूूत विद्यालय पा“डेगाउ“मा कक्षा–१ का विद्यार्थीलाई पुमा भाषा पढाइने राईले सुनाए । त्यसपछि वडा नम्बर–६ दिप्लुङको पैया“टार प्राथामिक विद्यालय निगाल्बास र भानुमति प्राथामिक विद्यालय दिप्लुुङमा कक्षा सञ्चालन गरिने राईले जनाए । जन्तेढुङ्गा गाउ“पालिका–५ चिसापानीस्थित जनबहुमुखी आधारभूूत विद्यालय घोर्ले र सिंहदेवी आधारभूूत विद्यालय पाथीभारा पनि पठन–पाठन सुरु गरिने राईले बताए । पुमा राईको बाहुल्यता भएको गाउ“पालिका भएकाले मातृ भाषाको कक्षा सञ्चालन गर्न गाउ“पालिकाले नीति बनाएर पठन–पाठन सुरु गर्न तयार गरिएको जन्तेढुङ्गा गाउ“पालिका अध्यक्ष शंकर राईले बताए । उक्त गाउ“पालिकाको बोपुङ, काहुले र डम्वर्खुशिवालयमा भने बान्तावा भाषाको कक्षा सञ्चालन गरिने अध्यक्ष राईले बताए ।
बराहापोखरी गाउ“पालिका–६ मौवाबोटेको चकलीदेवी अधारभूूत विद्यालय इमखिम, जलकन्या आधारभूूत विद्यालय आहाले, जनसहयोग आधारभूूत विद्यालय चाभालोक्खा र मौवाबोटे अधारभूूत विद्यालय बालङ्तुङमा पनि पुमा राई पाठ्यक्रम अनुसार कक्षा सञ्चालन हुने भएको छ । त्यसै गरी उक्त पालिकाकै वडा नम्बर–५ पौवासेराको पा“चकन्या मावि चेङ्गुुवामा कक्षा सञ्चालनको तयारी गरिएको बराहापोखरी गाउ“पालिका उपाध्यक्ष गोमा मगरले बताए ।

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चाम्लिङ राई, ऐसेलुखर्क र रावाबेसी गाउ“पालिकामा थुलुङ राई भाषाको पठन–पाठन सञ्चालन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकामा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषामा पठन–पाठन सुरु भएको छ । वाम्बुले राईको बाहुल्यता रहेको वडा नम्बर–१ बाहुनीडाडा“ र वडा नम्बर–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्यता रहेको वडा नम्बर–३ च्यास्मिटारमा तिलुङ भाषालाई पनि सरकारी कामकाजमा मान्यता दिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित