सविना अछामे–
खोटाङ, पुस २–दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले स्वास्थ्य, कृषि तथा पशुविकास शाखाका लागि २० जना कर्मचारी नियुक्त गरेको छ । स्वास्थ्यमा नागरिकको पह“ुच वृद्घिका लागि गाउ“पालिकाले स्वास्थ्य शाखामा १० जना र किसानलाई लक्षित गर्दै कृषि तथा पशु विकास शाखामा १० जना कर्मचारी नियुक्ति गरेको हो ।
गाउ“पालिकाले एक वर्षे करारमा दुई जना स्टाफ नर्स, एक जना ल्याब असिस्टेन्ट, ४ जना अहेव र ३ जना अनमी नियुक्त गरेको छ । केही समयअघि स्थापना गरिएको अस्थायी कोभिड अस्पतालका लागि स्टाफ नर्सर ल्याव असिस्टेन्ट नियुक्त गरिएको गाउ“पालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।
‘एक वडा एक जना कृषि तथा पशु प्राविधिक’को व्यव्स्थाका लागि गाउ“पालिकाले कृषि सेवातर्फ एक जना कृषि जेटी, तीन जना जेटिए, पशुसेवातर्फ ६ जना जेटिए नियुक्त गरेको छ । किसानको कृषि तथा पशुसम्वन्धी समस्या समाधान गर्न गाउ“पालिकाका ७ वटै वडामा एक जना कृषि प्राविधिक र एक जना पशु प्राविधिकको व्यवस्था गरिएको गाउ“पालिका अध्यक्ष राईले बताए ।
यस्तै दूरदराजमा सामुदायिक स्वास्थ्य इकाई विस्तारका लागि आवश्यक जनशक्तिको व्यवस्था गर्न अहेव नियुक्त गरिएको हो । सुरक्षित रुपमा सुत्केरी गराउ“ने तालिम लिएका अनमीलाई भने स्वास्थ्यचौकी र बर्थिङ सेन्टरमा खटाउने गरी नियुक्त गरिएको गाउ“पालिकाल जनाएको छ । ल्याव असिस्टेन्ट राखे पछि कोभिडको मात्र नभएर अन्य विरामीको पनि उपचार गरिने छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १६–खोटाङ से�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित