ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयो

  • प्रकाशित मितिः पुष १, २०७७
  • 830 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस १–ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउ“पालिका– ६ इन्दे्रणीपोखरीको रोक्सिङभञ्ज्याङ तर्फ जा“दै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको टयाक्टर पुस १ गते विहान करिब साडे आठ बजे दुर्घटना हु“दा उदयपुरको लिम्चुङबुङ गाउ“पालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घट्नास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा टयाक्टर चालक उदयपुरको लिम्चुङबुङ गाउ“पालिका–४ कै १९ वर्षीय तुजन राई गम्भीर घाईते भएका छन् । सिमपानी–रोक्सिङ भञ्ज्याङ सडक खण्डमा पर्ने इन्द्रेणीपोखरीको मेर्लामा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए । सडकमा अनियन्त्रित भएको ट्याक्टर सडकबाट करिब दुई तीन मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकका आफन्त नआएपछि शव घटनास्थलै छ । घाइतेलाई उपचारका लागि उदयपुर लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित