दिक्तेल–गाइघाट सिधा यातायात सञ्चालन

  • प्रकाशित मितिः मंसिर ३०, २०७७
  • 952 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सीर ३०–सगरमाथा लोकमार्गमा पर्ने दिक्तेल–गाइघाट सडक खण्ड अन्तरगत सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिबृज जडान गरिएपछि सिधा यातायात सुरु भएको छ । खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउ“पालिका–५ आ“पटारको बीचमा पर्ने सुनकोसी फोक्सिङटारमा अस्थायी बेलिब्रिज बनेपछि सिधा यातायात सुरु भएको हो ।
रेग्मी निर्माण सेवा कम्पनीले गत मङ्सिर ५ गतेदेखि ८४ लाख बजेटमा जडान सकिएपछि आइतबारबाट सिधा यातायात सुरु भएको सडक कार्यालायका प्रमुख गोपाल खकुरेलले बताए । उक्त बेलिबृज करिब ५० मिटर लम्बाईको छ । हिउ“दमा बेलिबृज लगाउने र वर्षामा झिक्ने भएकाले वर्षेनी लाखौ खर्च हुने गरेको छ । उक्त स्थानमा निर्माणाधीन सडक पुल बेलामा नबनेपछि राज्यको लाखौं खर्च हुने गरेको हो । फोक्सिङटारमा निर्माणाधीन पक्की आर्क डिजाइनका पुलको काममा ठेकेदारको लापरबाहीले पा“च वर्षदेखि बेलिबृज लगाइदै आएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित