नाङ्गाहरू (कविता)

  • प्रकाशित मितिः मंसिर २९, २०७७
  • 1400 पटक पढिएको
  • संवादताता

चित्रकुमार सुवेदी–
पुर्खाहरु भन्थे–
कागले कागकै नाम काड्छ
सर्पले नै देख्छ सर्पका खुट्टा
कसले पत्याउथ्यो र रुडी–बुढीको उखान
अचेल–
यत्र, तत्र, सर्बत्र
देखिएको कागले कागकै नाम काडेको
जो नाङ्गो छ
जिउमा बस्त्र छैन
देखाउने देखाएकै छ
नदेखाउने झन देखाएको छ
लुगा लगाएकाहरु
कठाङ्ग्रिएका छन्
कापिरहेका छन् थर थर
नाङ्गाहरुको शरीर
तातेको छ
आरनको कोइलाजस्तो
त्यसैले
बर्बराइरहेका छन्
कराइरहेका छन्
अरुको सर्टको टा“क खुस्कियो भन्दै
पेन्टमा दुलो प¥यो भन्दै
टोपीमा धागो निस्क्या भन्दै
डर छ
कतै यी नाङ्गाहरुले
अरुको कपडा च्यातेर
नाङ्गै पार्ने हुन् कि
जसरी आफ्नो
नाङ्गो शरीर नहेरी
चाकडीमा चुर्लुम्म डुबेर
नाङ्गिरहेका छन्
आफूजस्तै नाङ्गो बनाउन
खोज्दै छन् देशलाई
दिवा सपना नदेख
तिमीले नाङ्गा बनाउन
कुनै हालतमा सक्दैनौ
देश र आमा ।
प्रकाशित मिति २०७७ मङ्सिर २९

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित